म्युचुअल फण्डलाई सेबोनको कडाई, ६ महिनासम्म आईपीओको सेयर बेच्न नपाउने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुहिक लगानी कोष (म्युचुअल फण्ड)लाई कडाई गरेको छ । सोमवार निर्देशन जारी गर्दै म्युचुअल फण्डलाई आईपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री नगर्न सेबोनले निर्देशन दिएको हो । सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम आईपीओमा म्युचुअल फण्डले ५ प्रतिशत आरक्षण पाउँदै आएका छन् । उक्त आईपीओ खरिद [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुहिक लगानी कोष (म्युचुअल फण्ड)लाई कडाई गरेको छ । सोमवार निर्देशन जारी गर्दै म्युचुअल फण्डलाई आईपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म बिक्री नगर्न सेबोनले निर्देशन दिएको हो ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम आईपीओमा म्युचुअल फण्डले ५ प्रतिशत आरक्षण पाउँदै आएका छन् । उक्त आईपीओ खरिद गरेका म्युचुअल फण्डहरुले कात्तिक २१ गतेदेखि लागू हुने गरी ६ महिनासम्म बिक्री नगर्न निर्देशन दिईएको सेबोनका उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरीले जानकारी दिए ।

‘संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन,’ सेबोनले जारी गरेको निर्देशनमा उल्लेख छ ।

तर, यसरी खरीद गरेको धितोपत्र बाँडफाँड भएको मितिले ६ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न बाधा नपुग्ने सेबोनले बताएको छ ।

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

Share News