
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । पछिल्लो साता निरन्तर घटेको बजार सोमबार भने २१.३० अंकले बढेकाे हाे । नेपाल स्टक एक्सेञ्ज (नेप्से) आज १८४७.५४ बिन्दुमा पुगेर रोकिएको छ ।
सोमबार कूल ९३ करोड ८९ लाख रुपैयाँबराबर कारोबार भएको छ।
आज कारोबार भएकामध्ये १ सय ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज हाथवे इन्भेस्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९३ प्रतिशतले बढेको छ।
आज सर्वाधिक गुमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। यस कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ।