माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

<p>काठमाडौं । माओवादी केन्द्रले आउँदो मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शन स्थगित गरेको छ। पार्टी महासचिव देव गुरूङका अनुसार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित सडक प्रदर्शनका कार्यक्रम स्थगित गरिएको हो । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा प्रदर्शनका कार्यक्रम भने यथावत् रहेको उनले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । माओवादी केन्द्रले आउँदो मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शन स्थगित गरेको छ।

पार्टी महासचिव देव गुरूङका अनुसार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित सडक प्रदर्शनका कार्यक्रम स्थगित गरिएको हो ।

काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा प्रदर्शनका कार्यक्रम भने यथावत् रहेको उनले जानकारी दिए ।

‘भूकम्पमा जनधनको धेरै क्षति भएको छ। यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने हुन्छ,’ उनले भने, ‘यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको हो ।’

गत मंगलबार माओवादी केन्द्रले प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो ।

Share News