एक कम्पनीले घोषणा गर्याे १४.७० प्रतिशत लाभांश

<p>काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)ले पाँचौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १६ गते बसेको बैठकले मंसिर २२ गते बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे साधारणसभा बोलाएको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशतले हुन आउने [&hellip;]</p>

काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)ले पाँचौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १६ गते बसेको बैठकले मंसिर २२ गते बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे साधारणसभा बोलाएको हो ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशतले हुन आउने ७२ लाख ७६ हजार ५ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

त्यस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह बाट ५ जना सञ्चालकहरुको मनोनयन तथा निर्वाचन गर्नेछ ।

Share News