नेप्सेमा दोहोरो अंकको गिरावट, लाभांश घोषणा गरेकै दिन घट्यो ग्लोबल आइएमईको सेयर मूल्य

<p>काठमाडौं । साताको पहिलो कारोबार दिन पुँजी बजार ओरालो लागेको छ । आइतबारको बजार सूचक दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको हो । आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ३२२ पटक खरिद बिक्री हुँदा ९७ करोड २३ लाख [&hellip;]</p>

काठमाडौं । साताको पहिलो कारोबार दिन पुँजी बजार ओरालो लागेको छ । आइतबारको बजार सूचक दोहोरो अंकले घटेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको हो । आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ३२२ पटक खरिद बिक्री हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार एनआईसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । लघुवित्तको सेयर मूल्य ६.९७ प्रतिशत बढेर ६१४ रुपैयाँमा अन्तिम कारोबार भएको देखिन्छ । यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ५.४७ प्रतिशत बढेर ७११.९० रुपैयाँ अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार हिमालयन लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेको छ । आइतबार वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आइतबार नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता ३०७.२० रुपैयाँमा १ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ ।

यस्तै, आइतबार लाभांश घोषणा गरेको ग्लोबल आइमएई बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य २.४३ प्रतिशत घटेर प्रतिकित्ता २०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । तर, बैंकको सेयर कारोबार भने ३ करोड १७ लाख ७९ हजार रुपैयाँको भएको नेप्सेको तथ्याङ्क छ ।

Share News