
काठमाडौं । बिहीबार पनि सेयर बजारमा दोहोराे अंकको गिरावट भएकाे छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अंकले घटेर १८४७.७० बिन्दुमा बन्द भएको हाे ।
बिहीबार ९६ करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ । बिहीबार कारोबार भएकामध्ये १९० कम्पनीको सेयर मूल्य घट्दा ४० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थीर छ ।
बिहीबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.०४ प्रतिशतले बढेको छ।
यस्तै, बिहीबार जलविद्युत कम्पनीहरुले धेरै गुमाएका छन् । सयपत्री हाइड्रो लिमिटेडले सर्वाधिक गुमाएको छ । सयपत्री हाइड्रोको सेयर मूल्यमा १० प्रतिशत गिरावट आएको हाे । यस्तै, रावा इनर्जीको ७.४, बुद्धभूमि नेपालको ५.९ प्रतिशत , सामलिङ पावरको ४.८ प्रतिशत र सुपर माइ हाइड्रोको सेयर मूल्य ४.७ प्रतिशत घटेकाे हाे ।