
काठमाडौं । सेयर बजार बुधबार पनि घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८३ अंकले घटेर १८५८ बिन्दुमा पुगेको छ।
कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थीर रह्यो ।
बुधबार सयपत्रि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ५५८ रुपैयाँ पुगेको छ। यस्तै आज हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ ।
आज पनि अधिक गुमाउनेमा सोनापुर मिनिरल्स एन्ड वेल लिमिटेडका लगानीकर्ता छन् । कम्पनीको सेयरमूल्य आज ७.९९ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा भने आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एन्ड वेल लिमिटेडको भएको छ । यस कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
गानीकर्ताले सोनापुरको एक कित्ता सेयरमा २३७ रुपैयाँ लगानी गरेका थिए । तर, बुधबार यस कम्पनीको सेयर मूल्य २३४.८० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर मूल्य अझै घट्न सक्ने देखिन्छ । महँगोमा सेयर खरिद गर्ने लगानीकर्ताको रकम यस कम्पनीमा फसेको छ ।