नेप्सेमा १४.२९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

<p>काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा १४.२९ अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.०४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १४.२९ अंकले घटेर १८६४.४० अंकमा पुगेर बन्द भएको हाे । मंगलबार कुल ५७ करोड १४ लाख ८३ हजार रुपैयाँबराबर कारोबार भएको छ। मंगलबार कारोबार भएकामध्ये १९३ कम्पनीको सेयर [&hellip;]</p>

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा १४.२९ अंकको गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.०४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १४.२९ अंकले घटेर १८६४.४० अंकमा पुगेर बन्द भएको हाे ।

मंगलबार कुल ५७ करोड १४ लाख ८३ हजार रुपैयाँबराबर कारोबार भएको छ। मंगलबार कारोबार भएकामध्ये १९३ कम्पनीको सेयर मूल्य घटेको भने ३८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थीर छ।

आज माहुली लघुवित्त संस्थाको सेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेको छ।

यस्तै, आज तेस्रो दिन पनि सोनापुर मिनरल्स एन्ड वेल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सोनापुर कम्पनीको सेयर मूल्यमा मंगलबार ९.९८ प्रतिशत गिरावट आएको हाे ।

Share News