
काठमाडौं । दशैं विदाको लामो समयपछि आइतबार खुलेको सेयर बजारमा उच्च गिरावट भएको छ । आइतबारको बजार २८.१८ अंकले घटेर बन्द भएको छ ।
आइतबारको बजारमा २०० कम्पनीको सेयर मूल्य घट्यो भने २७ कम्पनीको सेयर मूल्यमा मात्रै वृद्धि हुन पुग्यो । त्यस्तै, ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल आएन ।
दशैंको अन्तिम साता २९.२४ अंकले वृद्धि भएको शेयर बजार आइतबार ओरालो लाग्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् ।
आइतबारको बजारमा उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै ८.९९ प्रतिशतले वृद्धि भएको थियो भने आइतबार नै बजारमा खुलेको सोनापुर मिनरल्स एन्ड ओयल लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतले गिरावट भयो ।