अब लगानीकर्ताले ९ दिनसम्म सेयर किनबेच गर्न नपाउने, बजार नखुल्ने

<p>काठमाडौं । सेयर बजारका लगानीकर्ताले अब ९ दिनसम्म सेयर कारोबार गर्न नपाउने भएका छन् । दशैंको अवसरमा सेयर बजार अर्थात नेप्से बन्द हुने भएकाले लगानीकर्ताले लगातार ९ दिनसम्म सेयर खरिद बिक्री गर्न नपाउने भएका हुन् । यससँगै बजार अब कार्त्तिक ३ गतेदेखि ११ गतेसम्म बन्द हुने छ । भोलि अर्थात कार्त्तिक ३ गते शुक्रबार रहेकोले [&hellip;]</p>

काठमाडौं । सेयर बजारका लगानीकर्ताले अब ९ दिनसम्म सेयर कारोबार गर्न नपाउने भएका छन् । दशैंको अवसरमा सेयर बजार अर्थात नेप्से बन्द हुने भएकाले लगानीकर्ताले लगातार ९ दिनसम्म सेयर खरिद बिक्री गर्न नपाउने भएका हुन् ।

यससँगै बजार अब कार्त्तिक ३ गतेदेखि ११ गतेसम्म बन्द हुने छ । भोलि अर्थात कार्त्तिक ३ गते शुक्रबार रहेकोले सो दिन सेयर बजार नियमित रुपमा बन्द छ । त्यस्तै, ४ गते फूलपाती, ५ गते अष्टमी, ६ गते नवमी, ७ गते विजया दशमी (दशैंको विशेष दिन), ८ गते एकादशी र ९ गते द्धादशीसम्म सार्वजनिक बिदा रहेको छ । उक्त दिनसम्म सार्वजनिक बिदा भएकाले सेयर बजार पनि पूर्ण रुपमा बन्द हुनेछ ।

त्यसैगरी, कार्त्तिक १० र ११ गते शुक्रबार र शनिबार । सो दिन नियमित रुपमा सेयर कारोबार बन्द हुने व्यवस्था छ ।

यससँगै अब कार्त्तिक १२ गते आइतबारदेखि भने सेयर बजार नियमित रुपमा खुल्ने छ । र, लगानीकर्ताले सेयर किनबेच गर्न पाउने छन् ।

सम्बन्धित समाचार

सामान्य घटेर बन्द भयो दशैंअघिको सेयर बजार, अर्बपनि पुगेन कारोबार

Share News