काठमाडौं । एक जना लगानीकर्ताको १० हजार कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । घान्द्रुक १० कास्कीस्थित लगानीकर्ता सुस्मा गुरुङ्गको १० हजार कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको प्रभु क्यापिटलले जानकारी दिएको छ ।
प्रभु बैंक (साविक सेञ्चुरी बैंक)को संस्थापक सेयरधनी रहेका उनको सेयर प्रमाणपत्र नम्बर २७९ हो । यस्तै, हरिकृष्ण लामिछानेको ३३ कित्ता, रवि ढुङ्गेलको ३५ कित्ता, राजश्री हुमागाईंको १७ कित्ता, राम प्रसाद पौडेलको ४३६ कित्ता, सुवास कार्कीको २९२ कित्ता र अब्दुल रम्जान मियाँको १ हजार कित्ता भएका विभिन्न सेयर प्रमाणपत्र हराएको क्यापिटलले जनाएको छ ।
प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ ।