बैंकको ब्याजदर घटेसँगै बजारमा हरियाली, ४३ अंकले उछाल आउँदा २२३ कम्पनीको मूल्य बढ्यो

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेपछि सेयर बजारमा हरियाली छाएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकमा ब्याजदर घटाउने निर्णय गरेका छन् । जसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँछन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा बन्द भएको छ । बैंकको ब्याजदरसँगै ब्रोकर कमिशन घटाउने [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेपछि सेयर बजारमा हरियाली छाएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कात्तिकमा ब्याजदर घटाउने निर्णय गरेका छन् । जसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँछन् ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा बन्द भएको छ । बैंकको ब्याजदरसँगै ब्रोकर कमिशन घटाउने निर्णय भएको सन्देश लगानीकर्ताहरुमाझ पुगेपछि सेयर बजार बढेको अनुमान लगानीकर्ताहरुले गरेका छन् ।

आज दिनभरिमा २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर ३१ हजार ७८८ पटक खरिद बिक्री हुँदा ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साथै, आज दिनभरिमा २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

बुधबार सानिमा जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । इन्स्योरेन्सको प्रतिकित्ता ४३४ रुपैयाँमा ४ करोड ४६ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

यस्तै, कुमारी बैंकको संस्थापक सेयरको कारोबार पनि धेरै भएको छ । बैंकको ३ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको संस्थापक कारोबार भएको छ ।

साथै, आज दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयर मूल्यमा ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको हो ।

Share News