काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति १६ खर्ब हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिति १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको हो ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड रुपैयाँ पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँ पुगेका छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १९ खर्ब ३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तमा ०.६ प्रतिशतले कमी आई १९ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ ।
२०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।