हामी काठमाडौं आउँदा भारतको बाटो भएर आउथ्यौं, अहिले त्यो सुधार भएको छ : परराष्ट्र मन्त्री साउद

<p>काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले सुदूरपश्चिम भौगोलिक रुपमा टाढा भएका कारण सुदूरपश्चिमवासीले दुख खेप्नुपरेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज काठमाडौंले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । &#8216;दशैंतिहारको बेला हवाई भाडा १८ हजार र सार्वजनिक यातायातको भाडा पनि उच्च थियो, [&hellip;]</p>

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले सुदूरपश्चिम भौगोलिक रुपमा टाढा भएका कारण सुदूरपश्चिमवासीले दुख खेप्नुपरेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज काठमाडौंले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘दशैंतिहारको बेला हवाई भाडा १८ हजार र सार्वजनिक यातायातको भाडा पनि उच्च थियो, हामी काठमाडौं आउँदा भारतको बाटो भएर आउथ्यौं, अहिले त्यो अवस्था क्रमिक रुपमा सुधार भएको छ,’ उनले भने ।

भौगोलिक रुपमा टाढा भएका कारण सुदूरपश्चिमवासीले दुःख खेप्नुपरेको बताउँदै उनले विकास निर्माणमा सैद्धान्तिक रुपमा दुर्गम ठाउँ प्राथमिकता पर्छ तर व्यवहारमा त्यो लागू हुन नसकेको भनाई राखे ।

त्यस्तै, सुदूरपिश्चमले जनसंख्याअनुसारको बजेट पाउन नसकेको उनले बताए ।

‘देशकै सबैभन्दा धेरै सम्भावना भएको प्रदेश सुदूरपश्चिम हो, जस्तो जलस्रोतको पहिलो धनी पनि सुदूरपश्चिम हो, सुदूरपश्चिमका देबिदेवताको बारेमा प्रचार प्रसार गर्न सकियो भने एक अर्ब बढी जनसंख्या भएको भारतबाट पर्यटन भित्र्याउन सकिन्छ,’ मन्त्री साउदले भने ।

साथै, उनले एनजीओले चलाएको जस्तो गलत प्रचार देउकी र छाउपडी प्रथा सुदूरपश्चिममा नभएको जानकारी गराएका छन् ।

Share News