काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार मात्रै सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार बढेसँगै प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यस्तै तथ्यांक अनुसार तेजावी सुनको मुल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ ।
आइतबार सुनको मूल्य आकाशिएपनि चाँदीको मुल्यभने घढेको छ । तोलामा ४५ रुपैयाँ घटेसँगै आइतबार चाँदीको मूल्य प्रतितोेला १ हजार ३९० रुपैयाँ पुगेको छ ।