पाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो । संस्थाको गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख रुपैयाँ शेयरपुँजी, ५ करोड ८६ लाख रुपैँया साधारण जगेडा कोष [&hellip;]</p>

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ ।

सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो ।

संस्थाको गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख रुपैयाँ शेयरपुँजी, ५ करोड ८६ लाख रुपैँया साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार रुपैयाँ बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ ।

संस्थाले गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । संस्थामा २११४ सदस्य आवद्ध रहेका छन् ।

संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् ।

Share News