काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का कर्मचारी आन्दोलित भएका छन् । नेप्से कर्मचारी संघले बुधबार धनौ दिँदै आईपीओ मार्फत् नेप्सेको पुनः संरचना गर्नु पर्ने माग गरेका छन् ।
नेप्सेको पुनः संरचनाको लागि धर्ना कार्यक्रम गरेको संघका अध्यक्ष नबराज थापाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई आईपीओमार्फत् पुनः संरचना गरी सवल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन कर्मचारीहरुले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
पहिलो चरणमा प्लेकार्ड सहित सौहार्द वातावरणमा एक घण्टा दबावमुलक कार्यक्रम गरेको अध्यक्ष थापाले बताए । नेप्सेको पुनःसंरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबावमूलक कार्यक्रमलाई निरन्तर जारी राख्ने उनको भनाइ छ ।