खातामा जम्मा गर्याे प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत लाभांश

<p>काठमाडौं । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको लाभांश वितरण गरेको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलले फण्डका ईकाईधनीहरुलाई करसहित ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको लाभांश वितरण गरेको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो ।
क्यापिटलले फण्डका ईकाईधनीहरुलाई करसहित ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको क्यापिटलले जनाएको छ ।

डिम्याट खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

Share News