काठमाडौं । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २९७.२७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२७ रुपैयाँ थियो ।
यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता २९७.२७ रुपैयाँलाई आधार मानेर हुने छ ।