थामिएन सेयर बजारको गिरावट, १९ सय बिन्दुबाट झर्यो परिसूचक

<p>काठमाडौं । सेयर बजारमा निरन्तर रुपमा ओरालो लागि रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको संशोधित निर्देशिका पछिको सेयर बजार लगातार घटिरहेको छ । निरन्तरको गिरावटसँगै सेयर मूल्य मापक नेप्से परिसूचक १९सय बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा निरन्तर रुपमा ओरालो लागि रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको संशोधित निर्देशिका पछिको सेयर बजार लगातार घटिरहेको छ ।

निरन्तरको गिरावटसँगै सेयर मूल्य मापक नेप्से परिसूचक १९सय बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले बढी हो ।

सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार भने बढेको छ । मंगलबारको बजारमा २८२ स्क्रीप्सको ४२ लाख ८७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जबकी सोमबारको बजारमा एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएका कम्पनीमध्ये सानिमा जनरल इन्स्योरेन्स (एसजीआईसी)को सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । अन्य कम्पनीको ४ करोडको पनि कारोबार नभएको बजारमा सानिमा जीआईसीको भने २० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ४९९ रुपैयाँमा झरेको छ ।

मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । बजारको टप गेनरको अग्रस्थानमा अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनी रहेको छ भने टप लुजको शीर्ष स्थानमा बाराही हाइड्रोपावर पब्लिक रहेको छ । जसमध्ये अप्पर लोहोरे खोलाको सेयर मूल्य क्रमश ५.८६ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ७.६४ प्रतिशतले घटेको छ ।

Share News