काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ । मंगलबार संसदमा बोल्दै रास्वपा सचेतक निशा डाँगीले उक्त माग गरेकी हुन् ।
बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो । भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको छ भने जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ।