गठबन्धन सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भयो : ओली

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गरे । अहिले विकासका कामलाई ठप्प पारिएको बताउँदै उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गरे । अहिले विकासका कामलाई ठप्प पारिएको बताउँदै उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए ।

‘यी सरकारहरु चरम अनुत्तरदायी, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’ उनले भने ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको भनाई राखे ।

Share News