२० कम्पनी कालोसूचीमा (सूचीसहित)

<p>काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । ठेक्का सम्झौताको सर्तबमोजिम काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको सोमबार १५ असोजमा बसेको बैठकले आजदेखि लागू हुने गरी ती कम्पनीलाई सार्वजनिक खरिद ऐन [&hellip;]</p>

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । ठेक्का सम्झौताको सर्तबमोजिम काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयको सोमबार १५ असोजमा बसेको बैठकले आजदेखि लागू हुने गरी ती कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा परेका कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ ।

Share News