नवनियुक्त उद्योगमन्त्री बडूले भनेः मन्त्रालयमा रहेको चुनौती सफलतापूर्वक पार लगाउँछु

<p>काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् । बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन । उनले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम [&hellip;]</p>

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् ।

बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन । उनले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए ।

जनताले राहत महशुस गर्ने गरेर उद्योगसम्बन्धीका समस्या समाधान गर्ने योजना उनले सुनाएका थिए ।

‘हामीले विश्व अर्थतन्त्र नै डामाडोल भइरहेको बेलामा नेपालले के तयारी गर्दैछ, कसरी यो पार गर्छ भन्ने कुरालाई पनि ध्यान राख्न जरुरी छ, हामी यसमा सफल हुन्छौँ, मलाई त्यो विश्वास छ’, उनले भने, ‘राष्ट्रको सम्पूर्ण क्षेत्रसँग जोडिएको यो मन्त्रालयको चुनौतिलाई पार लगाउनु पर्छ, सफल हुनुपर्छ, प्रतिवद्धता र एकतावद्ध भएर काम गर्ने हो भने हामी सफलतामा पुग्छौँ ।’

नवनियुक्त मन्त्री बडूलाई मन्त्रालयका सचिवहरूले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोेस निर्णय तत्काल आवश्यक रहेको बताएका थिए ।

पदभारलगत्तै मन्त्रालयमा स्वागत गर्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले विदेशी मुद्राको सञ्चितिमा परेको चाप सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

Share News