काठमाडौं । अब सिटामोलको मूल्य बढ्ने भएको छ । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएसँगैं यसको मूल्य बढ्ने भएको हो ।
औषधि सल्लाहकार समितिको बिहीबार बसेको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको थियो ।
औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका छन् । नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा वार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुने गरेको छ ।