उधोगपति हिरालाल केडियाको निधन

<p>काठमाडाैं । विरगंजका उद्योगी हिरालाल केडियाको निधन भएको छ ।  विरगंजका चर्चित उद्योगीको रुपमा हिरालाल केडियालाई चिनिन्छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वरुपमा चिनिएका सक्रिय समाजसेवी हिरालाल ८६ वर्षको थिए । हिरालाल केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ । उहनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए । केडिया [&hellip;]</p>

काठमाडाैं । विरगंजका उद्योगी हिरालाल केडियाको निधन भएको छ ।  विरगंजका चर्चित उद्योगीको रुपमा हिरालाल केडियालाई चिनिन्छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वरुपमा चिनिएका सक्रिय समाजसेवी हिरालाल ८६ वर्षको थिए ।

हिरालाल केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ । उहनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए ।

केडिया अर्गानाइजेसनका अध्यक्ष हिरा लाल केडिया मंगलबार ह्याम्स अस्पतालमा निधन भएको हो । केडियाको अन्तिम सस्कार सर्लाहीको बाग्मती नदी किनारामा गरिएको छ । स्व. केडियाले नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दूई कार्यकाल काम गरेका थिए ।

उनका चार छोराहरु रमेश, सुरेश, राजेश, बिमल र श्रीमति पर्मेश्वोरि देबि केडियाको उपस्थिति रहेको थियो । बिमल केडिया हाल संविधानसभा सदस्य हुन् ।

Share News