मंगलबार एकैदिन थपिए १० हजार २५८ संक्रमित

<p>काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८२८ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । मन्त्रालयका [&hellip;]</p>

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८२८ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ५६२ जना निको भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

Share News