काठमाडौं । गोंगबुमा होटल ह्वाइट हाउसको नयाँ शाखा खुलेको छ । सौराहा, चितवन र नगरकोटपछि होटल ह्वाइट हाउसको शाखा गोंगबु बिजी मलको अपोजिटमा खुलेको हो ।
बुधबार पूर्व मिस नेपाल उषा खड्गी तथा कलाकार निर्मल शर्माले संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरेका छन् । खड्गी र शर्मा होटलको ब्राण्ड एम्बेसडर हुन् ।
२४ घण्टानै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको व्यवस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको व्यवस्था गरिएको संचालकले जनाएको छ ।
बुद्ध शाहीले सञ्चालनमा ल्याएको होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् ।
‘टिपिकल्ली नेपाली खाना र शान्त वातावरणमा गेष्टलाई खुसी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ,’ सञ्चालक शाहीले भने, ‘स्वास्थ्यलाई मध्यनजर राखेर हामीले मार्बलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’
भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लबी पनि रहेको छ ।
