सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर बिष्ट पुन: नियुक्त

<p>काठमाडौं । सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट पुन: नियुक्त भएका छन् । कम्पनीको ४७औं वार्षिक साधारणसभाले विष्टलाई पुनस् अध्यक्षमा नियुक्त गरेको हो । साधारणसभाले ९ सदस्यीय बोर्ड अफ डिरेक्टर चयन गरेको छ । बोर्डमा संस्थापक सेयरधनीबाट ५ जना, सर्वसाधारण सेयरधनीबाट ३ जना र स्वतन्त्रबाट एक जना चयन भएका छन् । संस्थागत सेयर धनीबाट विष्टसहित रविभक्त श्रेष्ठ, [&hellip;]</p>

काठमाडौं । सोल्टी होटलको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट पुन: नियुक्त भएका छन् । कम्पनीको ४७औं वार्षिक साधारणसभाले विष्टलाई पुनस् अध्यक्षमा नियुक्त गरेको हो ।

साधारणसभाले ९ सदस्यीय बोर्ड अफ डिरेक्टर चयन गरेको छ । बोर्डमा संस्थापक सेयरधनीबाट ५ जना, सर्वसाधारण सेयरधनीबाट ३ जना र स्वतन्त्रबाट एक जना चयन भएका छन् ।

संस्थागत सेयर धनीबाट विष्टसहित रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, जया राज्यलक्ष्मी शाह र गणेशबहदुर चन्द चयन भएका छन् । बोर्डमा नयाँ रहेका चन्द नेपाल वायुसेवा निगमका उपमहाप्रबन्धक हुन् ।

सर्वसाधरण सेयरधनीबाट शशिराज पाण्डे, निरञ्जन कुमार टिबडेवाला र प्रकाश विक्रम खत्री चयन भएका छन् ।

यस्तै वर्ल्ड टुरिजम नेटवर्कका संस्थापक कार्यकारी निर्देशक दीपकराज जोशी स्वतन्त्र संचालकको रुपमा चयन भएका छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत पनि हुन् ।

Share News