काठमाडौं । उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्टको ५३ ग्रेडले मान्यता पाएको छ । कम्पनीले यस उपलक्ष्यमा पौष मसान्तसम्म सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्द गराउने भएको छ ।
सिरहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट ओ पि सी , पि एस सी सिमेन्टहरु उत्त्पादन गर्दछ । आगामी दिनमा पिपिसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ ।
कम्पनीको अनुसार शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एक मात्र अलकाली रिडक्सन प्रविधि जडित प्रक्रिया रहेको छ जहाँ अलकाली बाइपास सिस्टम को प्रयोग भएका कारण सिमेन्टमा अलकालीको मात्रा कम हुन्छ जसकारण निर्माणमा स्थाइत्व कायम रहन्छ ।
यसैगरी कम्पनीले ग्राइण्डिङ्ग प्रक्रियामा भर्टिकल रोलर मेसिन प्रयोग गर्ने जानकारी दिएको छ । साथै यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटीक ल्याब रहेको छ ।