काठमाडाैं । मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मङ्सिर महिनाभरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो ।
हालसम्म कार्यक्रममा लगभग १००० प्लम्बरहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएकाे छ ।
यस उद्योगमा भइरहेको नयाँँ प्रगतिहरुको बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सकृय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सुचना आदान–प्रदान गर्ने र प्लम्बरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ ।
आउँदो महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सन्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो सिपिभिसी पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हाे ।