अब छिट्टै उद्योगीले घरमै बसेर उद्योग दर्ताको प्रमाणपत्र पाउँछन्ः महानिर्देशक भुषाल

<p>काठमाडौं । उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले अब उद्योगी वयवसायीले उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउने बताएका छन् । विभागले विभागबाट हुने सम्पूर्ण कामहरुलाई विद्युतीय बनाउन लागेको बताउँदै अब विभागलाई अटोमेसनमा लिएर सबै काम सेवाग्राहीले घरबाटै गर्न सकिने प्रणालीको विकासमा विभाग लागेको बताएका हुन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय उद्योग दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको [&hellip;]</p>

काठमाडौं । उद्योग विभागका महानिर्देशक जीवलाल भुषालले अब उद्योगी वयवसायीले उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउने बताएका छन् ।

विभागले विभागबाट हुने सम्पूर्ण कामहरुलाई विद्युतीय बनाउन लागेको बताउँदै अब विभागलाई अटोमेसनमा लिएर सबै काम सेवाग्राहीले घरबाटै गर्न सकिने प्रणालीको विकासमा विभाग लागेको बताएका हुन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय उद्योग दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको परिसंवाद कार्यक्रममा उद्योगीहरुले उद्योगका प्रशासनिक कामहरु गर्न ढिलाई भएको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् ।

‘हामी पनि छिट्टै नै काम होस् भन्ने चाहन्छौं, तर, विभिन्न प्रशासनिक झन्झटकै कारण पनि केही कामहरु ढिलाई नै हुन सक्छन्, त्यसमा हामी सबैले बुझ्न सक्नु पर्छ, अब विभागमा अटोमेसन प्रणालीको विकास गरी सम्पूर्ण कामहरु अनलाइनमार्फत नै गर्ने गरी तयारी भइरहेको छ, अब उद्योगीहरुले पनि उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउन सक्नुहुन्छ,’ उनले भने ।

कार्यक्रममा उनले अहिले देखिएका समस्याहरुलाई समाधान गर्नका लागि विभाग लागि परेको बताउँदै विस्तारै द्रुत गतिमा काम हुने प्रणालीको विकास हुने पनि धारणा राखे ।

Share News