सिएनआई कृषि विकास परिषद् गठन

<p>काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन् । परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय अगाडि बढाउनेछ । पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन् ।

परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय अगाडि बढाउनेछ ।

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र त्यस बालीको उन्नत स्तरको बिउबिजन कृषकहरुलाई उपलब्ध गराउने योजना परिषद्को छ ।

परिषदको सदस्यहरूमा पवनकुमार गोल्यान, प्रेम लामा, डा. दिल्लीराम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन् ।

Share News