उर्लाबारी उद्योग वाणिज्य संघकाे अध्यक्षमा भण्डारी निर्वाचत

<p>मोरङ । मोरङको उर्लावारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचत भएका छन् । उनले सात सय ८९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी तारामान सेरेङले ६ सय ३० मत प्राप्त गरे । सङ्घको १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जङ्गबहादुर कार्की, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरुङ, उद्योग [&hellip;]</p>

मोरङ । मोरङको उर्लावारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचत भएका छन् । उनले सात सय ८९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी तारामान सेरेङले ६ सय ३० मत प्राप्त गरे ।

सङ्घको १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जङ्गबहादुर कार्की, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरुङ, उद्योग सचिवमा डिल्लीराम खतिवडा, वाणिज्य सचिवमा सात सय ३८ मतका साथ भेषबन्दु निरौला र कोषाध्यक्षमा राजन दाहाल विजयी भएका छन् ।

कार्यसमितिका चार सदस्यमा गोपाल भण्डारी, नित्तम चौहान, नुतन राई पिके, राजकुमार श्रेष्ठ र दशरथ यादव बेचन विजयी भए । यस्तै, लेखा समितिको संयोजकमा गणेश खत्री र सदस्यद्वयमा राधिका काफ्ले र रोशन घिमिरे विजयी भएका छन् ।

Share News