खाने तेल उत्पादकको प्रष्टोक्तिः कच्चा पदार्थको मूल्य बढ्यो, ढुवानी भाडा धेरै लाग्न थाल्यो

<p>काठमाडौं । खाने तेलमा अस्वभाविक मूल्य बृद्धि गरेका उत्पादकले आफूहरुको लागत नै बढी पर्न थालेकोले मूल्य बढाउनु परेको दाबी गरेका छन् । कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य दोब्बर भएको छ । खाने तेल उत्पादन गर्ने उद्योगहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले एक विज्ञप्ति प्रकाशित गरी आफूहरुले कच्चा पदार्थ विदेशबाट आयात गर्नु [&hellip;]</p>

काठमाडौं । खाने तेलमा अस्वभाविक मूल्य बृद्धि गरेका उत्पादकले आफूहरुको लागत नै बढी पर्न थालेकोले मूल्य बढाउनु परेको दाबी गरेका छन् । कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य दोब्बर भएको छ ।

खाने तेल उत्पादन गर्ने उद्योगहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले एक विज्ञप्ति प्रकाशित गरी आफूहरुले कच्चा पदार्थ विदेशबाट आयात गर्नु परेको र त्यसरी आयात गरिने कच्चा पदार्थको मूल्य दोब्बरभन्दा बढी भएकोले मूल्य बढाउनु परेको प्रष्टिकरण दिएका हुन् ।

‘उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय वजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ, विगत करिब २० महिनादेखि विश्वमा फैलिएको महामारी कोभिड–१९ तथा कु्रड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुख्खाको कारण र अन्य भूराजनीतिक विषयहरुले गर्दा समेत खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मुल्यवृद्धि नै रहेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्योगीहरुले तेलको मूल्यमा बृद्धि भए तापनि अन्तर्राष्ट्रिय मूल्य अनुसारको नेपालमा अझै मूल्य परिमार्जित हुन नसकेको जनाएका छन् ।

कति बढ्यो कच्चा पदार्थको मूल्य ?

संघका अनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जाेटीनाको कु्रड सोयाविनको तेल २०२१ को मे महिनामा १३६३ अमेरिकी डलर पुगेको छ । यस्तै, प्रतिटन ७०४ डलर युक्रेन कु्रड सनफ्लावरको तेलको मुल्य २०२१ को मे महिनामा १४९५ अमेरिकी डलर पुगेको छ । एक वर्षको अवधिमा असामान्य रुपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको संघले जनाएको छ ।

संघले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटेपनि पछिल्लो समय बढेको जनाएको छ । कु्रड सोयाविन तेलको मूल्य घटेर १०९५ डलर र क्रुड सनफ्लावर तेलको मूल्य ११६० डलर भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा मौज्दात रहेको तथा अन्य कारणले आफूहरुले सस्तो मूल्यको कच्चा पदार्थ किन्न नपाएको उद्योगीको भनाई छ । तर, सस्तो मूल्यको कच्चा पदार्थ किन्न नपाए पनि सो समयमा वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको उद्योगीको भनाई छ ।

उद्योगीले मूल्य घटाएको भन्दै विभागमा जानकारी दिएपनि मूल्य भने नघटाएको आरोप उद्योगीमाथि लाग्दै आएको छ । खुद्रा व्यवसायीहरु तेल उद्योगीले मूल्य घटाएको भन्दै विज्ञापन गरे पनि मूल्य नघटाएको बताउँदै आएका छन् ।

कर र ढुवानीले बढायो मूल्य

उद्योगीहरुले खानेतेलको कच्चा पदार्थमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकाले १७ महिनामा कच्चा पदार्थको मूल्यमा दोब्बरले बृद्धि भएको हो । गत वर्ष सरदर २० रुपैयाँ प्रतिलिटर रहेकोमा कच्चा पदार्थको मूल्य पछिल्लो समय ४५ रुपैयाँ पुुगेको उद्योगीको भनाई छ ।

कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मूल्यमा वृद्धि भएको तथा पहिलेभन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रतिलिटर २० देखि २५ रुपैयाँले मूल्य बृद्धि भएको संघले जनाएको छ ।

पछिल्लो समय खाने तेलको मूल्य आकाशियकोे छ । नेपालमा कोरोना महामारी सुरु भएसँगै तेल उद्योगीले मूल्य बढाउन थालेका हुन । कोरोना संक्रमण सुरु भएको भन्दै नेपाल सरकारले २०७६ को चैतमा गरेको बन्दाबन्दी अघिको तुलनमा २०७८ को भदौसम्ममा तेलको मूल्य दोब्बर भएको छ ।

अनुमान गरेभन्दा बढी मात्रामा तेलको मूल्यमा बृद्धि भएपछि नियामक निकायको रुपमा रहेको वाािण्ज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले समेत तेल उद्योगको अनुमगन गर्न थालेको थियो भने उपभोक्ता अधिकार कर्मीहरुरले समेत अनुचित रुपमा मूल्य बढाएको भन्दै विरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

दुई वर्षमै दोब्बर भयो खाने तेलको मूल्य

Share News