थप ३ हजार ६११ संक्रमित थपिए

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६६१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९ हजार ७८३ पीसीआर र ४ हजार ८७८ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा २ हजार ४६७ र एन्टिजेन विधिबाट [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६६१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका अुनसार ९ हजार ७८३ पीसीआर र ४ हजार ८७८ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा २ हजार ४६७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ सय ४४ जनामा संक्रमण देखिएको हो ।

यस्तै शुक्रबार थप २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१९ जना संक्रमति थपिएका छन् । जसमध्ये काठमाडौंमा ५५६, ललितपुर १८७ र भक्तपुर ७६ जना थपिएका हुन ।

Share News