सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो एक करोड रुपैयाँ

<p>काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाल अस्पताल निर्माणका लागि उक्त चाइल्ड हेल्थलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको आर्थिक सहयोग गरेको हो । सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाल अस्पताल निर्माणका लागि उक्त चाइल्ड हेल्थलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको आर्थिक सहयोग गरेको हो ।

सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् ।

बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सानिमा बैंकको हालसम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन् ।

Share News