खोपको लाइनबाटै कोरोना संक्रमित भएर अस्पताल आउने बढे

<p>काठमाडौं । सरकारले संचालन गरिरहेको खोप अभियानमा सहभागी भएकाहरु केही दिनमै संक्रमित भएर अस्पताल आउन थालेको सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत रहेका बास्तोलाले खोप लगाउन जाँदा सुरक्षा मापदण्डहरु नअप्नाएको कारण मानिसहरु संक्रमित भएर अस्पताल आउन थालेका बताएका हुन् । &#8216;पछिल्लो समय खोप लगाएका मानिसहरु [&hellip;]</p>

काठमाडौं । सरकारले संचालन गरिरहेको खोप अभियानमा सहभागी भएकाहरु केही दिनमै संक्रमित भएर अस्पताल आउन थालेको सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत रहेका बास्तोलाले खोप लगाउन जाँदा सुरक्षा मापदण्डहरु नअप्नाएको कारण मानिसहरु संक्रमित भएर अस्पताल आउन थालेका बताएका हुन् ।

‘पछिल्लो समय खोप लगाएका मानिसहरु संक्रमण भएर अस्पताल आउन थालेका छन् । लाइनमा बसेर मापदण्ड नअप्नाएका कारण मानिसहरु खोप लगाएको ६९७ दिनमा संक्रमित भएर आउन थालेका छन्’, बास्तोलाले भने ।

उनले सबैलाई खोप लगाउँदैमा कोरोना लाग्दैन भन्ने भ्रममा नरही सुरक्षा मापदण्ड अप्नाउन आग्रह गरेका छन् ।

Share News