काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ८ हजार २४३ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमाफर्त १ हजार ५०२ जना संक्रमित पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ७९९ पुगेको छ ।