चैत २५ गतेपछि कोभिड संक्रमण भएका र लक्षण देखिएकाले दोस्रो चरणको खोप लगाउन नपाउने

<p>काठमाडौं । गत चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र हाल लक्षण देखिन थालेका व्यक्तिले कोभिड विरुद्धको देस्रो खेपको मात्रा लगाउन नपाउने भएका छन् । काठमाडौं महानगरले जेठ २ गतेदेखि सञ्चालन गर्न लागेको भेरोसेलको दोस्रो मात्राको खोप उक्त व्यक्तिलाई नलगाउने जनाएको हो । महानगरको जनस्वास्थ्य विभागले शुक्रबार वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै [&hellip;]</p>

काठमाडौं । गत चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र हाल लक्षण देखिन थालेका व्यक्तिले कोभिड विरुद्धको देस्रो खेपको मात्रा लगाउन नपाउने भएका छन् ।

काठमाडौं महानगरले जेठ २ गतेदेखि सञ्चालन गर्न लागेको भेरोसेलको दोस्रो मात्राको खोप उक्त व्यक्तिलाई नलगाउने जनाएको हो ।
महानगरको जनस्वास्थ्य विभागले शुक्रबार वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै भनेको छ, यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ । अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । यसैगरी परीक्षण गरेर एकिन नभएका तर कोभिडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइने छैन ।

विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसैविच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ ।’

जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोभिड विरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् ।
पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ ।

तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू निजको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन् । तपाईहरुले यसैबमोजिम जनप्रतिनिधि, वडा र सम्बन्धितसँग समन्वय गर्नुहोला । विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार गएको (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् ।

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।
बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो ।

Share News