काठमाडौं उपत्यकामा थपिए ३५६२ संक्रमित

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सबैभन्दा धेरै काठमाडौं जिल्लाका थप २ हजार ७३३ जना संक्रमित थपिएका हुन् । यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका छन् । बुधबार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै [&hellip;]</p>


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सबैभन्दा धेरै काठमाडौं जिल्लाका थप २ हजार ७३३ जना संक्रमित थपिएका हुन् ।
यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका छन् ।

बुधबार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जना गरी काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृत्ुयु भएको छ ।

Share News