
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२४५ परीक्षण गर्दा ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।
यस्तैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २१४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।