काठमाडौंमा थपिए ३ हजार ९२४ संक्रमित

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २३८ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको छ भने १६८ जनाको मृत्यु भएको छ ।

जसमा २० हजार ३६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार २३८ जना ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

Share News