थप ९ हजार ४८३ जनामा देखियो कोरोना, ५ हजार बढी निको भए, २२५ को मृत्यु

<p>काठमाडौं । नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । कुल परिक्षण मध्ये २० हजार ५९६ वटा आरटी पीसीआरबाट र ७२० वटा एन्टीजेन्टबाट परिक्षण गरिएको हो । त्यस्तै, पछिल्लो २४ [&hellip;]</p>

काठमाडौं । नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुल परिक्षण मध्ये २० हजार ५९६ वटा आरटी पीसीआरबाट र ७२० वटा एन्टीजेन्टबाट परिक्षण गरिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन् भने २२५ जनाको मृत्यु भएको छ । उक्त मृतकको संख्या नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत रहेको मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ लाख १३ हजार १११ वटा केशहरु पोजेटिभ रहेका छन् भने आइसोलेशनमा पुष्टी भएका केशहरु ९७ हजार ८ रहेका छन् ।

त्यस्तै, कोरोनाबाट निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यससँगै निको हुनेको दर ७५.५ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ४ हजार ८४ जना कोरोनाबाट मृत्यु भएका छन् ।

Share News