सोमबार नेपालभर १२ सय बढी कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

<p>काठमाडौं । सोमबार नेपालभर १२२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा १२२७ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ७ हजार २५४ पुगेको छ । नेपालमा आजसम्म २३ लाख ५२ हजार [&hellip;]</p>

काठमाडौं । सोमबार नेपालभर १२२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा १२२७ जना संक्रमित थपिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ७ हजार २५४ पुगेको छ ।

नेपालमा आजसम्म २३ लाख ५२ हजार ५०२ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज २५५ जना निको भएसँगैं हालसम्म २ लाख ७५ हजार ७५५ जना निको भएर घर गइसकेका छन ।

पछिल्लो २४ घण्टामा ८ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

Share News