कर्जाकाे लागि एसएमईलाई सहयोग गर्दै नबिल बैंक, गर्याे उपाय सर्भिसेससँग सम्झौता

<p>काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएकाे छ । उक्त सम्झाैतापत्रमा नबिल बैंकका प्रमुख एस.एम.ई तथा लघुवित्त निरज कुमार बस्नेत (डनिल) र उपाय सर्भिसेसका महाप्रबन्धक राजु के.सीले हस्ताक्षर गरेका छन् । यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, सानार मझौला [&hellip;]</p>

काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएकाे छ । उक्त सम्झाैतापत्रमा नबिल बैंकका प्रमुख एस.एम.ई तथा लघुवित्त निरज कुमार बस्नेत (डनिल) र उपाय सर्भिसेसका महाप्रबन्धक राजु के.सीले हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, सानार मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यकता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ ।

साझेदारीको बारेमा बोल्दै नबिल बैंक, एस.एम.ई तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालनागर्न मद्दत गर्दै आएका छौं । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौलाउद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउँछ ।”

“नबिल बैंक लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने ।

“उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ । बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ”, उनी थप्छन् ।

Share News