लकडाउनमा कर्मचारीको तलब खर्च घटाएका उद्योगले अहिले बढाए, रोजगारी पनि बढ्यो

<p>काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीको तलब जयाला खर्च घटाएका उद्योगहरुले अहिले फेरि बढाएका छन् । लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भएपछि तलब–ज्याला घटाएका उद्योगहरुले अहिले ७ प्रतिशतको वृद्धि गरेका हुन् । यस्तै, गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार आएको सर्वेक्षणले देखाएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत [&hellip;]</p>

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीको तलब जयाला खर्च घटाएका उद्योगहरुले अहिले फेरि बढाएका छन् । लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भएपछि तलब–ज्याला घटाएका उद्योगहरुले अहिले ७ प्रतिशतको वृद्धि गरेका हुन् ।

यस्तै, गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार आएको सर्वेक्षणले देखाएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग/व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ ।

Share News