उद्योग वाणिज्य संघ चितवनले हस्तान्तरण गर्यो बीमा बापतको रकम

<p>भरतपुर । उद्योग वाणिज्य संघ चितवनले कोरोना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि बिमित संघका सदस्य फर्म थ्रीस्टार व्युटि पार्लरका प्रोपाईटर गौरी खड्कालाई बीमा रकम हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य संघ-चितवनले संघमा आवद्ध रहेका सदस्य व्यवसायी मध्ये असार मसान्त सम्म नवीकरण गर्ने सदस्यलाई ५० हजार रूपैयाँको निशुल्क [&hellip;]</p>

भरतपुर । उद्योग वाणिज्य संघ चितवनले कोरोना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि बिमित संघका सदस्य फर्म थ्रीस्टार व्युटि पार्लरका प्रोपाईटर गौरी खड्कालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

उद्योग वाणिज्य संघ-चितवनले संघमा आवद्ध रहेका सदस्य व्यवसायी मध्ये असार मसान्त सम्म नवीकरण गर्ने सदस्यलाई ५० हजार रूपैयाँको निशुल्क कोरोना बीमा गरिदिएको थियो । वीमा रकम हस्तान्तरण कार्यक्रममा बाेल्दै संघका अध्यक्ष राजु श्रेष्ठले काभिड १९ का कारण व्यवसायमा मात्र नभई व्यवसायीहरुलाई पनि आक्रान्त बनाएको भन्दै बीमा योजनाले व्यवसायीलाई राहत पुग्ने आशा व्यक्त गरे । कार्यक्रममा उनले आगामी दिनहरुमा पनि सदस्य केन्द्रित विविध कार्यक्रमहरु ल्याउन लागिएको बताए ।

संघका निबर्तमान अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधानले ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । बिमितलाई चेक हस्तान्तरण गर्दै केन्द्रिय सदस्य प्रधानले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत रही व्यवसायीक हितका लागि यो योजना ल्याइएको बताए । यस बिमा योजनामा ७ सय जना व्यवसायी सहभागी भएका र हालसम्म २३ जना कोरोना भाईरस पोजेटीभ देखीएर विमा भुक्तनी दावी भईसकेको र हालसम्म ३ जना व्यवसायीहरुलाई वीमा रकम हस्तान्तरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

बीमा रकम ग्रहण गर्दै थ्रीस्टार व्यूटी पार्लर को प्रोपाइटर गौरी खड्काले संघको सदस्य भएकोमा गौरव महशुस भएको बताए । खड्का लाई असोज २ गते चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको लागी नमुना संकलन गरी असोज ८ गते उनलाई कोरोना पोजेटीभ देखिएको थियो । संघले व्यवसायीका हितका लागि कोरोना कोष र व्यवसायी राहत कोष सञ्चालन गरेको संघका स्वास्थ्य संयोजक सिरिस पन्तले जानकारी दिए । बीमा रकम हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, भोजराज कौडाल र कार्यकारी निर्देशक निलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

Share News