काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले नेपाल उद्याेग वाणिज्य महासंघ(एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित पदाधिकारी र बस्तुगत सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ ।
सम्मान ग्रहण गर्दै अध्यक्ष शेखर गोल्छाले ग्रील तथा स्टील व्यवसायीहरुले उठान गरेका जायज मागहरु सम्बोधन गराउन र पछिल्लो समय ग्रील जन्य फलामको अनियन्त्रित अत्यधिक मुल्य वृद्धिबारे सरोकोकारवाला उद्याेगीसँग छलफल गरि निकास निकाल्ने प्रतिवद्दता व्यक्त गरे । उनले आफ्नो नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेकोमा ग्रील महासंघलाई धन्यबाद दिँदै चाडै नै महासंघको सदस्यता लिन आग्रह गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारिहरुलाई सम्मान गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन काटुवालले बधाई दिँदै सबै एकजुट भएर निजी क्षेत्रलाई थप मजबुत बनाउन र सानादेखि ठुला उद्याेगीको प्रवर्द्धन सम्वर्द्धन गर्दै अगाडि बढ्न शुभकामना दिए । साथै उनले ग्रील तथा स्टील फेबृकेटिङको काम स्वदेशी उद्याेगबाट गराउने संस्कारको विकास गर्न र यो क्षेत्रमा देखिएका समस्याहरु समाधान गराउन महासंघकाे तर्फबाट पहल गरेका छन् ।
बधाई कार्यक्रममा सम्बोधन गर्दै महासघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पुर्वाधारको पनि पुर्वाधार तयार गर्दै आइरहेकाे ग्रील तथा स्टील व्यवसायीलाई नयाँ प्रविधिसहित अगाडि बढ्न आग्रह गरेका छन् । महासंघले ग्रील लगायत साना उद्याेगी व्यवसायिका समस्या समाधान गर्न महासंघ लागिपर्ने बताउँदै उनले ग्रील महासंघले सम्मान गरेर थप जिम्मेवारी बोध गराएकोमा धन्यवाद दिँदै ग्रील तथा स्टील व्यवसायीसँग सहकार्य गरेर अगाडि बढने बताए ।
उक्त बधाई कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका उपत्यका भित्र रहेका काठमाडौं ,भक्तपुर र ललितपुर जिल्लाका अध्यक्ष र क्षेत्रीय अध्यक्ष र इकाइका अध्यक्षहरुले समेत खादा लगाइदिएर नवनिर्वाचित अध्यक्ष पदाधिकारी सदस्यहरुलाई सम्मान गरेका थिए ।
नेपालमा ११ हजार ग्रील तथा स्टील उद्याेग सञ्चालन छन् भने एक लाख ६० हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै झण्डै ग्रील जन्य सामानको आयातलाई प्रतिस्थापन गर्न महासंघ सफल भएको छ ।
