अध्यक्ष गोल्छाले भनेः अब पुनरकर्जा कोष २ खर्बको हुनु पर्छ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अब पुनरकर्जा कोष २ खर्बको हुनु पर्ने बताएका छन् । शुक्रबार अर्थसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले  हाल १ खर्ब रुपैयाँको रहेको पुनरकर्जा कोष अब २ खर्बको बनाउनु पर्ने धारणा राखेकाबताएका हुन् । यसका साथै उनले हाल १ वर्षसम्मका लागि मात्र रहेको पुनरकर्जाको [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले अब पुनरकर्जा कोष २ खर्बको हुनु पर्ने बताएका छन् । शुक्रबार अर्थसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले  हाल १ खर्ब रुपैयाँको रहेको पुनरकर्जा कोष अब २ खर्बको बनाउनु पर्ने धारणा राखेकाबताएका हुन् ।

यसका साथै उनले हाल १ वर्षसम्मका लागि मात्र रहेको पुनरकर्जाको समयावधि अब ३ वर्षको राख्न आग्रह गरेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको बताउँदै उनले अब त्यसको रिभाइब गर्नको लागि आर्थिक गतिविधि बढाउने, समस्यामा परेको उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले तदारुकता देखाउनु पर्ने धारणा राखे ।

कोरोना भाइरसकै कारण व्यापार व्यवसाय ठप्प रहँदा व्यवसायीहरुलाई बैंकको ब्याज, घरभाडा तिर्न र व्यवसाय सञ्भचालन खर्च जुटाउन पनि समस्या भइहरेको उनले धारणा राखे । यसका साथै उनले नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षको रणनीतिमा ५३ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको सुनाए ।

Share News